धादिङ लगायत ५ जिल्लामा लिची विस्तार कार्यक्रम थपियो

866 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ, images – लिचीको उत्पादन बढाउन सरकारले क्षेत्र विस्तार कार्यक्रम लागू गरेको छ ।

यस वर्षदेखि धादिङ, गोरखा, तनहुँ, स्याङ्जा र पाल्पा जिल्लामा यो कार्यक्रम लागू भएको फलफूल विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका फलफूल विकास अधिकृत पद्मनाथ आत्रेयका अनुसार यसवर्ष मात्र कार्यक्रम लागू भएकाले यसको प्रतिफल ५÷६ वर्षपछि मात्र थाहा हुन्छ ।

देशभित्रको उत्पादनले माग धान्न नसकेपछि अरु फलफूल जस्तै लिची पनि भारतबाट आयात हुने गरेको छ । महोत्तरी, सर्लाही, सिरहा लगायतका ठाउँमा लिची खेती बढी हुने गरेको छ । अहिले लिचीको उत्पादन हुने सिजन हो । देशभित्रको उत्पादनले नपुगेर आयात गर्न परेपछि पोहोरको तुलनामा यसवर्ष भाउ महंगो भएको छ ।