सुपथ मूल्य पसल बन्द

791 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

धादिङ, -अनुदान लिएर गांउ गाँउमा सुपथ मूल्यका पसल सञ्चालन गर्नेे सहकारी संस्थाहरुको पसल बन्द भएको छ । जिल्लाकै उत्तरी गाविस रिगाँउ गाँउ विकास समितिका गाविस सहयाक कृष्ण बहादुर तामाङको अध्यक्षतामा दर्ता भएको तारेढुङ्गा कृषि सहकारी संस्था लिमिटेडले पनि नेपाल सरकारबाट १ लाख अनुदान लिएको थियो ।  
सहकारी दर्ता गर्दा, वैंक खाता खोल्दा र अनुदान रकम लिदासम्म ४० हजार खर्च भएको र बांकी ६० हजार रकम सहित अध्यक्ष फरार भएपछि पसल खाल्न समेत नपाएको स्थानीयहरुले बताए ।
अर्को गुम्दी कृषि सहकारी संस्था लिमिटेडले शुरुमै सुपथ मूल्य पसल सञ्चालन नगरि ऋण लागनी गरी १ लाख १० हजार व्याज आर्जन गरेको छ । पसलमा लगानी भएको पूजी नै सकिने सहकारी संस्थाहरु लापा १ को छुमर, माफाृक २ को जागरण, सेर्तुङ ५ को ल्हापसाङकार्पो, तिप्लिङ ४ को  तिप्लीङ,  मुरली भञ्ज्याङ–३ को उच्च आर्दश हातेमालो, आगिञ्चोक ६ को नृसिंह कृषि सहकारी संस्थाहरु रहेकाछन् ।
यसैगरी गजुरी ८ को कंकाली, वसेरी ६ को शहिदस्मृति, सल्यानकोट ५ को त्रिपुरा सुन्दरी र त्रिपुरेश्वर ३ को जनप्रयत्नशील कृषि सहकारी संस्थाहरु रहेकाछन् । त्यसै गरी पिडा २ को पिण्डेश्वरी, छत्रेदेउराली ५ को साना किसान कृषि सहकारी संस्था  र भगरी भैरव उपभोक्ता सहकारी संस्थाले सुपथ मुल्य पसल बन्द गरी अनुदान रकम ऋण लगानी गरेको छ । विभिन्न १३ गाविसका सहकारी संस्थाहरुले आशिंक रुपमा रासायनिक मलमात्र बिक्री गरी  संचालन गरेको डिभिजन सहकारी कार्यालय धादिङले जनाएको छ । उद्देश्य अनुसार २२ वटा सहकारी संस्थाले नियमित सुपथ मुल्य पसल सञ्चालन रहेका छन् र सञ्चानलमा नरहेका सहकारीहरुको पनि अनुगमन गरी सञ्चालनमा ल्याउन पहल गर्ने सहकारी निरिक्षक महेश्वर दकालले बताए ।
५० गाविस भएको धादिङ जिल्लामा सुपथ मुल्य पसल सञ्चालन गर्न नेपाल सरकारको ५० सहकारी र जिल्ला विकासको आन्तरिक श्रोतबाट २ सहकारी संस्थाले एक एक लाख अनुदान लिएका थिए कारोवार डेलि डट कमले खबर लेखेको छ । ।