गाविसका पूर्व अध्यक्ष वराल माछा पालनमा
739 पटक पढिएको


एक वर्ष अघि किराञ्चोक कृषि सहकारी संस्था लिमिटेडले व्यावसायिक कृषि विकासमा लगानी अभिवृद्धि गर्न र गाविसको वजेट कृषि क्षेत्र विकासमा खर्च गर्न उत्प्रेरण गर्ने उद्देश्यले गाविसको अगुवाहरुलाई ५ दिने व्यावसायिक कृषि विकास क्षेत्र तथा फार्मको भ्रमण गराएको थियो । भ्रमण समिक्षा तथा समापन कार्यक्रममा माछा पालन गर्ने प्रतिवद्धता जनाएका वरालले धान फल्ने ६ रोपनी खेतमा ३ वटा पोखरी बनाएर माछा पालन व्यावसाय शुरु गरेका छन् । पोखरीमा नैनी, सिल्भर कार्प र ग्रास कार्प जातका १३ हजार माछाका भुरा राखेर पहिलो पटक किराञ्चोकमा व्यावसायिक माछा खेती शुरु गरेका हुन् ।
पोखरी वनाउन ९० हजार, माछा भुरा किन्न ३३ हजार तारवार २५ हजार, अन्य व्यवस्थापकीय खर्च १५ हजार, दाना खरिदमा ३० हजार र पोखरी मल्न २० हजार खर्च भईसकेको बताए । सफलता पूर्व माछा हुकाउन र विक्री गर्न सके छ लाख भन्दा बढी आम्दानी हुने वताए । वाली धान विक्रीबाट ७० हजार आउंथ्यो । माछा विक्री पश्चात खर्च कटाएर दुई लाख नाफा हुने अनुमान गरे वताए । प्राविधिक सहयोग र पोखरी खन्न प्रतिरोपनी १० हजारका दरले ६० हजार अनुदान जिल्ला कृषि विकास कार्यालयबाट लिएको वथाए ।
राजनीति र जनताको काम नछाड्ने बताउदैं हाम्रो गाविसमा पानीको श्रोत प्रशस्त भएकाले आफु पनि पोखरी बढाउने र सवै जनता र नेता तथा कार्यकर्तालाई व्यावसयिक रुपमा कृषि पेशामा लाग्न सुझाउने पूर्व अध्यक्ष वरालले बताए कारोवार डेलि डट कमले खबर लेखेको छ ।