हाम्रो पालिका

नीलकण्ठ उच्च मावि पुर्व विद्यार्थीद्धारा बिद्यालयमा वृक्षारोपण

By Dhadingnews.com

July 12, 2014

धादिङबेसी– धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ उच्च मा वि मा अध्ययन गरेका पुर्व विद्यार्थीहरुले गुरुपुर्णिमाको अवसर पारेर विद्यालय हाताभित्र वृक्षारोपण गरेका छन । पुर्व विद्याथीहरुको पहलमा विद्यालयकै प्राङगणमा अशोका, धुपी, क्रिसमस ट्रि, कपुर तेजपत्ता लगायतका विरुवाहरु रोपिएको हो । पछिल्लो समयमा विद्यालयमा नया भवनहरु वन्ने क्रम वढेपछि विद्यालयको प्राङगणलाइ सु्न्दर र हरियाली वनाइराख्नको लागि वृक्षारोपण गरिएको कार्यक्रमका संयोजक सुमन परियारले वताउनुभयो । शनिवार विहान नीलकण्ठ उच्च मा वि का प्रधानाध्यापक वावुराम अधिकारी र नीलकण्ठ क्याम्पसका प्रमुख भुपेन्द्र कुमार श्रेष्ठले कपुरको विरुवा रोपेर वृक्षारोपण कार्यक्रमको सुरुवात गर्नुभएको थियो । उहाले पुर्व विद्यार्थीहरुले गरेको वृक्षारोपण कार्यक्रमको प्रशंसा गर्दे सवै विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो । वृक्षारोपण गर्नका लागि पुर्व विद्यार्थीहरु लियो गुरुङ, सन्तोष अधिकारी, सुमन परियार लगायतका पुर्व विद्यार्थीहरुले विरुवा उपलव्ध गराएका थिए । अहिले विद्यालयमा वृक्षारोपण गरिएको र आगामि दिनहरुमा पनि विद्यालय हाताभित्र सरसफाइ जस्ता कार्यक्रमहरु गर्दे जाने पुर्व विद्यार्थीहरुले वताएका छन । केहि समय अघिदेखि विद्यालय हाताभित्र सुन्दर वगैचा निमाण गर्न को लागि सहयोग रकमहरु संलन गरिएको र अव यसलाइ अभियान कै रुपमा अघि सारी छिट्टै नै नीलकण्ठ उच्च मा वि को हाताभित्र सुन्दर वगैचा निर्माण कार्यलाइ अघि वढाउने वगैचा निर्माण अभियानमा सक्रियरुपमा लागेका पुर्व विद्यार्थी सुमन परियारले वताउनुभयो । अहिलेसम्म वगैचा निर्माण अभियानमा ३५ हजार भन्दा वढि सहयोग संकलन भइसकेको र सवै पुर्व विद्यार्थीहरुलाइ आफुले सक्नेजति सहयोग गर्न पनि परियारले आग्रह गर्नुभयो ।