गरीब बालबालिकालाई गायिका रेखा शाहको सहयोग

784 पटक पढिएको

सम्पादक: Dhading News

rekha - shahकाठमाडौं, साउन ८ – गायिका रेखा शाहले काठमाडौंका २ वटा सामुदायिक विद्यालयका २० जना गरीब तथा जेहन्दार बालबालिकालाई आर्थिक सहयोग गरेकी छन् ।

आफूले खोलेको रेखा शाह फाउण्डेशनमार्फत शाहले कन्या मन्दिर उच्चमावि क्षेत्रपाटी र कान्ति ईश्वरी राज्यलक्ष्मी मावि मरु गणेस्थानमा अध्ययनरत २० जना बालबालिकाको एक वर्षको भर्ना, स्टेशनरी र पोशाक बापतको एकलाख तीनहजार दुई सय १० रुपैयाँ दिएकी हुन् ।

काठमाडौंमा भएको कार्यक्रममा शाहले फाउण्डेशनमार्फत हेल्प नेपाल नेटवर्कलाई ११ हजार एकसय ११ रुपैयाँ सहयोग गरेको बताइन् उज्यालो अनलाईनले खबर लेखेको छ । ।