रसुवामा पर्यटक आवागमन संख्यामा बढ्यो

873 पटक पढिएको

सम्पादक: Dhading News

touristरसुवा –हिमाली क्षेत्र र तामाङ सम्पदा मार्ग अन्तर्गत रसुवा जिल्लामा रहेका विविध सम्पदा गर्न आउने बिदेशी पर्यटकको आवागमन संख्या गत बर्ष भन्दा यस बर्ष बढेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रामदेब चौधरीका अनुसार आर्थिक वर्ष २०६९÷७० का १३ हजार ३ सय ७० पर्यटकले आवागमन गरेको मा आर्थिक वर्ष २०७०÷७१ मा रसुवा भ्रमण गर्ने पर्यटकको संख्या १५ हजार ६ सय ११ जना पुगेकोे छ । त्यस्तै सार्क राष्ट्रबाट ३ सय २३ जना र वाहेकका राष्ट्रबाट १५ हजार २ सय ८८ जना पर्यटक भित्रयाउन सफल भएको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यलयले जानकारी गराएको छ ।