संविधान निर्माणमा एकीकृत माओवादीले अवरोध गरेको उपसभापति पौडेलको भनाइ

426 पटक पढिएको

सम्पादक: Dhading News

download (2)नवलपरासी–नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एकिकृत माओवादीले फेरि पनि संविधान निर्माणमा अवरोध गरिरहेको आरोप लगाउनु भएको छ । २०४७ सालको संविधानलाई माओवादीले बन्दुक र बमको बलमा ध्वस्त बनाएको भन्दै नेता पौडेलले अहिले पनि माओवादीले संविधान नचाहेको आरोप लगाउनुभयो । नेपाली कांग्रेस नवलपरासीका जिल्ला सभापति देवेन्द्रराज कण्डेलकी हजुरआमा राधाकुमारी कण्डेलको १३औँ दिनको पुण्यतिथिको अवसरमा उहाँकै निवास भारतको ठुटिवारीमा आईतवार आयोजित श्रद्धान्जली सभामा उपसभापति पौडेलले आरोप लगाउनु भएको हो । लोकतान्त्रिक संविधान निर्माण गरि नेपाली नागरिकलाई समानता, समावेशी र संघिय शासन प्रणाली दिन चाहेपनि माओवादीले अवरोध गरिरहेको उहाँले बताउनुभयो । तर माओवादीले जति अवरोध सिर्जना गरे पनि तोकिएको समयमा संविधान जारी गरेरै छाड्ने उपसभापति पौडेलले ठोकुवा गर्नुभएको छ ।