अखिल नेपाल यातायात मजदुर संघको अध्यक्षमा अमृतजङग
1126 पटक पढिएको
धादिङ–एकीकृत नेकपा माओवादी निकट रहेको यातायात मजदुरहरुको संगठन अखिल नेपाल यातायात मजदुर संघ धादिङको अध्यक्षमा अमृतजङग भण्डारी निर्विरोध रुपमा चयन हुनु भएको छ ।
अधिबेशनले ११ सदस्यिय कार्य समितिको समेत निर्विरोध चयन गरेको छ । शनिवार धादिङबेसीमा सम्पन्न अधिबेशनले उपाध्यक्षमा गणेश श्रेष्ठ, सचिवमा राजकुमार सुवेदी, उपसचिवमा प्रदिप भट्ट, सहसचिवमा गोपी श्रेष्ठ र सदस्यमा गणेश कुमार श्रेष्ठ, अकबर नेपाली, गणेश परियार लगायत ११ कार्य समितिको चयन गरेको हो ।
अखिल नेपाल यातायात मजदुर संघ धादिङका अध्यक्ष बद्री प्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा एकिकृत माओवादी धादिङका अध्यक्ष राम बहादुर भण्डारीको प्रमुख आतिथ्य रहेको थियो । अधिबेशनलाई भण्डारीका साथै संघका केन्द्रिय अध्यक्ष जगत सिंखडा एकिकृत नेकपा माओवादी धादिङका सदस्य धु्रव थापा, नेपाल बार एसोसियसनका अध्यक्ष दुर्गा तिवारी, एकिकृत नेकपा माओवादीका सचिव सुवास अधिकारी, अखिल नेपाल महासंघ जिल्ला अध्यक्ष दिपा सिंखडा लगायतको आतिथ्य रहेको थियो ।







