चरी घटनाः हनुमानढोका प्रहरीलाई कारण देखाउन सर्वोच्चकोआदेश

774 पटक पढिएको

सम्पादक: Dhading News

Chari-Dinesh-Adhikariकाठमाडौँ, ५ भदौ । सर्वोच्च अदालतले राजधानीका चर्चित डन दिनेश अधिकारी चरीका आफन्तले दिएको जाहेरी नलिएको भन्दै हनुमानढोका प्रहरीलाई कारण देखाउन आदेश दिएको छ ।

बिहीबार न्यायाधिश गोपाल पराजुलीको एकल इजलासले  चरीका आफन्तहरुले दिएको जाहेरी नलिएको भन्दै कारण देखाउन हनुमान ढोका प्रहरीलाई अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न  हनुमानढोका प्रहरीलाई भनेको छ ।हनुमानढोका प्रहरीलेजाहेरी नलिएको भन्दै चरीका आफन्तहरुले गत शुक्रबार सर्वोच्च अदालतमा मुद्दा हालेका थिए।

चरीको गैर न्यायिक हत्या भएको भन्दै चरीका आफन्तले सर्वोच्च अदालतमा रिट दायर थिए ।

चरी हत्या विरुद्ध प्रहरीले जाहेरी नलिएपछि चरीका दाजु धु्रब अधिकारीसहितका आफन्तले अदालतको बाटो रोजेका थिए ।

गत साउन २१ गते  प्रहरीको गोली लागि मारिएका चरीको शव उनका आफन्तले अझै बुझेका छैनन् ।
उनीहरुले सर्वोच्च अदालतको निर्णय आएपछिमात्रै चरीको दाहसंस्कार गर्ने अडान लिएका छन् । चरीको शव अहिले पनि त्रिवि शिक्षण अस्पतालमै छ दैनिक नेपाल डट कमले खबर लेखेको छ ।