कालो कोट र सेतो कोट
896 पटक पढिएको
राधिका श्रेष्ठ
हामीले अध्ययन गर्दै जाँदा प्रवेशिका परीक्षा दिएर बसेपछि सबै जनाले आफ्नो भविष्यको लागि कुन विषय लिएर पढ्ने भन्ने कुरा सबैको मानसिकतामा रहन्छ । सबैको पहिलो सोच राम्रै विषय पढ्ने चाहाना राख्र्दछन् । प्राविधिक शिक्षा लिएर दक्ष जनशतिm बढ्ने मानिसहरुको चाहाना रहेको हुन्छन् । तर विभिन्न कारण बस केही मानिसहरु मात्रै प्राविधिक शिक्षा हाँसिल गर्न सफल हुन्छन् । ती मध्ये कालो कोट र सेतो कोट पनि एक विशिष्ट मानिन्छन् । यहाँ अचम्मको विषय बन्न सक्ला कालो कोट र सेतो कोट के हो भनेर ? तर हाम्रो देशमा कालो र सेतो कोट राज्यको ग्रामिण स्तर देखि केन्द्रिय स्तर सम्म सर्वब्यापक मानिन्छ । राज्यका महत्व पूर्ण अङगका रुपमा रहेको छ । यी विना राज्य अपङ्घता सरह हुन्छ । राज्य संचालनको क्रममा महत्वपूर्ण कामहरुको कालो कोट लगाउनेहरुबाट सुरुवात
रहन्छ । जुन हरेक जनताहरुसंग प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । कालो कोट राज्यको ब्यबस्थापिका कार्यालयको प्रमुख प्रधान न्यायधिस वकिल हुन् भने सेतो कोट राज्यको तेस्रो आँखा स्वास्थ्य क्षेत्रका आधिकारीक ब्यतिm पर्दछन् । यिनीहरुको फरक फरक किसिमका काम कर्तब्य,निति र नियमहरुमा आबद्ध रहेर काम गरिहेका हुन्छन् । बास्तवमा यिनीहरुको सम्बन्ध ्रएक आपसमा अलग रहेता पनि जनताहरु प्रत्यक्ष रुपमा सेवा र सुविधा लिरहेका हुन्छन् ।
कालो काट लगाउनेहरुले जनताहरुको न्याय दिलाउने काम गर्दछन् । जनता माझ परेको समस्या अन्याय ,अत्याचारको विरुद्धमा आवाज उठाई न्याय प्रदान गर्ने काम गर्दछन् । यसले कुनै पनि जातिय भेदभाव ,बर्गीय,लैङ्घिगकको बारेमा सबैलाई समान ब्यबहार गर्ने काम गर्दछन् । यसरी ब्यतिm र समाजमा सबै राज्यको हरेक पक्षको अन्यायमा यसले आफ्नो हतियारलाई उठाउने गर्दछ । यसरी अन्याय र अत्याचार माथि कलम उठाउँदा उठाउँदै पनि कहिल्यै काँही कलमको मसी सक्किएर पीडितलाई भन्दा पिडकलाई न्याय दिन पनि सक्छ । यस अबस्थामा कालो कोटले आफ्नो विश्वासमा दाग लगाउने गर्दछ । राज्यको यति धेरै महत्वपूर्ण अङ्घ हुदाँ पनि समयमा नै आफ्नो क्षमता अनुसार निर्णय दिने गर्दछन् । कुनै पनि काल्पनिक घटनामा आधारित मान्दा क भन्ने ब्यतिm अन्याय र अत्याचारको पीडित ब्यतिm हो । ख भन्ने ब्यतिm अपराधि वा पिडक,शोषण हुन् । कुनै समयमा त्यो कालो कोटले यस्तो हिसाब र निसाफ गरिदिन्छ । हाल हाम्रो देशमा आएर केही समय यता देखि कालो कोटकोदुरुपयोग भएको पाइन्छ । देशको सामान्य देखि विशिष्ट स्तरका कोटहरुले अविश्वासको पात्र बनाइरहेको पाइन्छ । नातावाद,हैकमवाद,पुजीवादले यसलाई आफ्नो ठाउँबाट माथि उठ्न कालो कोटलाई सहयोग पुर्याएको छ । आज गरिब,अन्यायि सोझा साझा जनता मर्कामा परेका छन् । अर्का तिर कयौ घटनाहरु बषौं देखि बषौं सम्म अलपत्रमा परिहेको अबस्था छ । त्यसै गरी सेतो कोट भने त झन् मानिसको जीवन दानको रुपमा मानिन्छ । संसारका मानव जातिलाई जीवन दिए जीउन सफल बनाएको छ । आज त्यहि सेतो कोटले हजारौं हजार मानिसहरुलाई महाकालबाट बचाई सुनौलो भविष्य दिइएको पाइन्छ । जीवन दानको कुरा गर्दा कहिले कसो यसले अपबादको रुपमा मृत्युदान दिन सम्म पछि पर्दैन । यसकारण कयौ मानिसले यस प्रति पनि अविश्वासको पात्र बनाइरहन्छ । सेतो कोट जीवनलाई काल बनेर आई सर्वस्व हरण सहित संसारबाट बिदाई हात हल्लाई बिदा हुन्छ । यी कोटहरु जीवनको महत्वपुर्ण अङ्ग मानिदा मानिदै पनि जनताले विश्वास लिनबाट बन्चित गराईरहेको छ । ति कोटहरु आज आएर वगका आधारमा रहेर न्याय दिलाउन थालेको छ । न्याय उपयुतm ढङगले दिलाउन नसक्नाले हजारौं नागरिकहरुले न्यायबाट बञ्चित रहेका छन् ।