प्रधानन्यायाधीश शर्मा सेवानिवृत्त

598 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ, २३ असोज । प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा उमेर हदका कारण विहीवार देखि सेवानिवृत्त हुनुभएको छ ।

damodar sharmaप्रधानन्यायाधीश शर्मालाई आज अपराह्न सर्वोच्च अदालतका न्यायाधीश र वरिष्ठ कर्मचारीले बिदाइ गरेका थिए । प्रतिक्रिया लिन प्रतीक्षारत पत्रकारलाई थाहै नदिई उहाँ निस्कनुभएको थियो ।

वरिष्ठतम न्यायाधीश रामकुमारप्रसाद साहले शुक्रबारदेखि प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नु हुनेभएको छ । संवैधानिक परिषद्ले भावी प्रधान्यायाधीशमा वरिष्ठतम न्यायाधीश साहलाई सिफारिस गरी सुनुवाइ विशेष समितिमा पठाइएकामा सो समितिले यही असोज १४ गते संसदीय सुनुवाइ गरी उहाँको नाम अनुमोदन गरेको थियो ।