वायु सेवा निगमका चालकको शैक्षिक योग्यता नक्कली

655 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपाल वायु सेवा निगमका चालक दीपेन्द्र प्रधानले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी विमान उडाइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको क्रममा फेला पारेको छ ।

आयोगले बुधबार विशेष अदालतमा चालक प्रधानविरुद्ध मुद्दा दायर गरेपछि उक्त कुराको खुलासा भएको हो ।

प्रधानले सेवा प्रवेशको क्रममा विहार इन्टर मिडियट एजुकेशन काउन्सिल पटना भारतबाट सन् १९९३ मा आइएस्सी तह उत्तीर्ण गरेको भनी प्रस्तुत गर्नुभएको प्रमाणपत्र नक्कली रहको पाइएको आयोगले जनाएको छ ।

प्रधानलाई हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।