२५ लाख ठगी गरी मैनाली फरार

486 पटक पढिएको

सम्पादक: Dhading News

पोखरा -पोखराको पृथ्वीचोकमा सनसाईन हेल्थ केयर सेण्टर सञ्चालन गर्दै आएका विमलराज मैनाली करिब २५ लाख रुपैया ठगी गरी फरार भएका छन् ।
विभिन्न सहकारी, म्यान पावर कम्पनीका प्रधिनिधिहरु, मेडिसेल्स व्यवसायी तथा सर्वसाधारणसंग विभिन्न बहानामा लिएको रकम लिएर मैनाली विगत १० दिन देखि फरार रहेको पीडितहरुले बताएका छन् ।
नमस्ते बचत तथा ऋण सहकारी संस्थाको ५ लाख, सिटी बचत तथा ऋण सहकारी संस्थाको ३ लाख ५० हजार, सिटीजन बचत तथा सहकारी संस्थाको ८० हजार, दिनेश केसी २ लाख ५८ हजार, राधिका कुँवरको २ लाख, नारायण पौडेलको १ लाख ८० हजार, भगवती भूषालको १ लाख ४० हजार, राज गुरुंगको १ लाख, सरोज पौडेलको ९५ हजार लगायत अन्य व्यक्तिहरुको रकम लिएर मैनाली फरार भएका हुन् । “विश्वासको आधारमा पैसा दिएकी हुँ, पहिले पहिले राम्रै व्यवहार गरेको थियो अहिले आएर यस्तो भयो” पीडित मध्येकी भगवती भूषालले भन्नुभयो ।
मैनालीले पृथ्वीचोकमा रहेको सनसाईन हेल्थ केयर सेण्टर आप्mनो एकलौटी रहेको बताउँदै आएका थिए । तर उक्त सेण्टर काठमाण्डौमा सनसाईन मेडिकलका सञ्चालक एवं स्वास्थ्य व्यवसायी महासंघका निवर्तमान अध्यक्ष समेत रहेका प्रविण तिवारीले आप्mनो ६७ प्रतिशत लगानी रहेको दावी गरेका छन् । हाल फरार रहेका मैनालीबारे आपूm अनविज्ञ रहेको तिवारीले दावी गरेका छन् । यता पीडितहरुले भने तिवारीकै मिलेमतोमा मैनाली फरार रहेको हुनसक्ने आशका गरेका छन् ।
पीडित हरुले फरार रहेका मैनालीको खोजी गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिन लागेका छन् ।