अर्थ मन्त्रालयमा जनगुनासो सुन्नका लागि डेस्क
1767 पटक पढिएको
काठमाडौँ, १२ मङ्सिर । अर्थ मन्त्रालयले सर्वसाधारण जनताको समस्याको समाधानका लागि सोही मन्त्रालयमा एक साताभित्र डेस्क स्थापना गर्न लागेको छ ।
सम्बन्धित विभाग तथा कार्यालयमा सेवाग्राहीबाट आएका गुनासो सुन्ने र त्यसलाई व्यवस्थित गर्न डेस्क स्थापना गरी अत्याधुनिक सेवा उपलब्ध गराउने छ ।
मन्त्रालय, भन्सार विभाग, आन्तरिक राजस्व कार्यालय, महालेखालगायत स्थानमा हुने आर्थिक गतिविधि तथा काम कारबाहीका सन्दर्भमा सेवाग्राहीलाई चित्त नबुझेमा उसले सिधै हटलाइनमार्फत सो डेस्कमा गुनासो दर्ता गराउन सक्ने मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद देवकोटाले जानकारी दिनुभयो ।







