बालबालिकाका लागि अनुसन्धानमुखी शिक्षामा जोड

824 पटक पढिएको

१४ मंसिर २०७१, आईतवार २२:२६ सम्पादक: धादिङ न्यूज

माधव अधिकारी
भक्तपुर-निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन),भक्तपुरले संयुक्त राज्य अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयका प्राध्यापक तथा नासाका वैज्ञानिक सयद अलीको उपस्थितिमा शनिकार भक्तपुरमा बालबालिकाका लागि गुणस्तरीय शिक्षा सम्बन्धी एक अन्तर्कि्रया कार्यक्रम आयोजना गरेको छ ।कार्यक्रममा प्राध्यापक अलीले शिक्षाको गुणस्तर बढाउन अवलम्वन गर्नुपर्ने उपायबारे सहभागीलाई जानकारी दिएका थिए।
कार्यक्रममा प्राध्यापक दिनेश चापागाईंले शिक्षा परीक्षामुखी नभई अनुसन्धानमुखी हुनुपर्ने बताए । जिशिअ रमाकान्त शर्माले गुणस्तरीय शिक्षाका लागि एकीकृत प्रयासको आवश्यकता औँल्याए । एनसीईडी का निर्देशक सुन्दर कुमार शाक्यले वैज्ञानिक र प्रयोगात्मक शिक्षामा जोड दिए ।
प्याव्सन,भक्तपुरका अध्यक्ष राजकुमार महर्जनले आर्थिक क्रान्तिका लागि शैक्षिक पर्यटनको विकासको अभियानमा लागेको भक्तपुर प्याव्सनले शिक्षाका विविध बिषयहरुमा वहस र छलफल चलाउन थालेको बताए ।कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल,शिक्षक,
शिक्षाप्रेमी,प्याब्सन पदाधिकारी र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।