‘दिगो विकासका लागि प्रविधिमा प्रतिबद्धता’ भन्ने नाराका अपाङ्गता दिवस मनाईने

536 पटक पढिएको

सम्पादक: Dhading News

apaangaataaकाठमाडौँ, १५ मङ्सिर । ‘दिगो विकासका लागि प्रविधिमा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ यस वर्षको अपाङ्गता दिवस मनाइने भएको छ ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको आयोजनामा आज भएको पत्रकार सम्मेलनमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री निलम केसीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरी यही मङ्सिर १७ गते तेइसौँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन लागिएको बताइयो ।

महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले नयाँ वनने संविधानमा अपाङ्गता भएका नागरिकको सवाललाई पहिचानसहित पहिलो प्राथमिकतामा राखी मौलिक हकको छुट्टै धारामा अनिवार्य समावेश गरिनुपर्ने, अपाङ्गता भएका व्यक्तिको राजनीतिक अधिकारको प्रतिनिधित्व र सहभागिताको अनिवार्य व्यवस्थाको सुनिश्चितता हुनुपर्ने माग गर्नुभयो ।
–ः २० ः–

उहाँले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्वनधी महासन्धि २००६ र इन्चोन रणनीतिलाई कार्यान्वयन गर्न र शिक्षा, स्वास्थ्य रोजगारी र सामाजिक सुरक्षालगायतका सवाललाई दीर्घकालीन रूपमा सम्बोधन गर्न राष्ट्रिय कार्ययोजना निर्माण गरी अविलम्ब कार्यान्वयनमा ल्याउनुपर्छ भन्नुभयो ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव शङ्करप्रसाद पाठक र उपसचिव हुमकला पाण्डेले सरकारले अपाङ्गता भएका व्यक्तिको हितमा गदैआएको विभिन्न कार्यको चर्चा गर्नुभयो ।

यसै वर्षदेखि नीलो परिचयपत्र प्राप्त गर्ने सबै अपाङ्गता भएका व्यक्तिलाई मासिक रु ३०० सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने व्यवस्था गरिएको छ ।

सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्वनधी महासन्धि २००६ लाई कार्यान्वयन गर्न अपाङ्गता भएका व्यक्तिको अधिकारसम्वनधी विधेयक तयार, स्वास्थ्य नीतिमा अपाङ्गताको सवाल समावेश, अपाङ्गता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनःस्थापना कार्यक्रम, शिक्षा, स्वास्थ्य, रोजगार र स्वरोजगारीका लागि प्रवद्र्धनात्मक कार्यक्रम गर्दैआएको सो अवसरमा बताइएको थियो ।