उमेर नपुगेकी छोरीको विहे गर्न खोज्दा

544 पटक पढिएको

सम्पादक: Dhading News

विराटनगर, २० मङ्सिर । मोरङको मोतीपुर–३ मा शुक्रबार हुन लागेको एउटा विवाह सरोकार भएकाहरुको पहलमा रोकिएको छ ।

स्थानीय विद्यालयमा कक्षा ५ मा अध्ययनरत १७ वर्षीया किशोरीको विवाह रोकिएको हो । ती किशोरीकी पिताको मृत्यु भइसकेको र आर्थिक अवस्था अत्यन्त दयनीय रहेको अवस्थामा सुनसरी दुहवी सोनापुरका २० वर्षीय युवक वासुदेव झासँग गए राति विवाह हुने तय भएको थियो ।

स्थानीय बाल क्लब सञ्जालका सदस्यले दिएको सूचनाका आधारमा पुगेको प्रहरीसहित सरोकार भएकाहरुको समूहले बेहुलीको उमेर नपुगेको भन्दै विवाहमा रोक लगाएको हो ।