छैँसठ्ठीऔँ मानवाधिकार दिवस तीन दिन मनाइने

590 पटक पढिएको

सम्पादक: Dhading News

hr dayकाठमाडौँ, २२ मङ्सिर । राष्ट्रिय मानवअधिकार आयोगले ‘सबैका लागि घर घरमा मानव अधिकार, शान्ति र विकासको आधार’ भन्ने नाराका साथ ६६ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस विविध कार्यक्रमसहित मनाउने भएको छ ।

आयोगसँगको समन्वय र सहकार्यमा मङ्गलबारदेखि तीन दिनसम्म मानवअधिकार राष्ट्रिय महाभेला पनि हुने आयोगका प्रवक्ता मोहना अन्सारीले बताउनुभयो । आगामी बुधबार १० डिसेम्बरका दिन प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा अन्तर्राष्ट्रिय मानवअधिकार दिवस आयोजना गरिने छ भने आयोगका क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालयमा आजदेखि नै मानवअधिकारसम्बन्धी पदयात्रा, अन्तक्र्रियालगायत कार्यक्रम प्रारम्भ भइसकेको छ ।

सबैले मानवोचित सम्मानित जीवनयापन गर्न पाउनुपर्छ भन्ने मानवअधिकारको मूलमन्त्रलाई आत्मसात् गर्दै सो दिवस मनाउन आयोगले सबैसँग अनुरोध गरेको छ ।