मानवअधिकार पत्रकारिता वर्ष पुरस्कारबाट पत्रकार शर्मा पुरस्कृत

907 पटक पढिएको

२४ मंसिर २०७१, बुधबार १३:३४ सम्पादक: धादिङ न्यूज

hr dayइलाम, -पत्रकारिताका माध्यमबाट मानवअधिकारका क्षेत्रमा कलम चलाउने एकजना सञ्चारकर्मीलाई मानवअधिकार पत्रकारिता वर्ष पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

विराटनगरमा रहेर मानवअधिकारका क्षेत्रमा दुई दशकदेखि कमल चलाउँदै आउनुभएका पत्रकार यज्ञ शर्मालाई ६६ आँै विश्व मानवअधिकार दिवसका अवसरमा आज मानवअधिकार मञ्च नेपाल इलामले प्रथम मानवअधिकार पत्रकारिता वर्ष पुरस्कारले पुरस्कृत गरेको हो ।

शर्मालाई पुनरावेदन अदालत इलामका निमित्त मुख्य न्यायाधीश रमेश पोखरेलले रु १० हजार नगद र सम्मानपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा पुरस्कृत व्यक्ति शर्माले सशस्त्र द्वन्द्व होस् या सामान्य अवस्थामा होस् पिछडिएको, निमुखा र आवाजविहीनको आवाज पत्रकार र मानवअधिकारकर्मीले मात्र सम्बोधन गर्नसक्ने बताउनुभयो ।

कार्यक्रमका निमित्त मुख्य न्यायाधीश पोखरेलले पत्रकारले चलाएको कलमबाट समाजका पछि परेका वर्ग र गलत क्रियाकलाप गर्न खोज्नेहरुलाई सजग गराउन मद्दत मिल्ने बताउनुभयो ।