महाधिवेशनको माग गर्दै नेविसंघले बुझायो काँग्रेसलाई ज्ञापनपत्र

679 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nebi angकाठमाडौँ, २६ मङ्सिर । नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको माग गर्दै विद्यार्थी नेताहरूले नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज ज्ञापनपत्र बुझाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको केन्द्रीय समितिमा विद्यार्थी नेता नैनसिंह महरको नेतृत्वमा गएका विद्यार्थीले नेविसङ्घको गरिमालाई जोगाई राख्नका लागि महाधिवेशन आवश्यक भएको भन्दै उक्त ज्ञापनपत्र बुझाएका हुन् ।

केन्द्रीय समितिको बैठकमा रहेका पार्टी महामन्त्री प्रकाशमान सिंहलाई लोकतान्त्रिक मान्यतालाई कायम राख्नका लागि पनि महाधिवेशन आवश्यक भएकाले ज्ञापन पत्र बुझाइएको विद्यार्थी नेता महरले जानकारी दिनुभयो । महाधिवेशनका कारण नेविसङ्घका विषयमा अन्तर्राष्ट्रियस्तरमा नै नकारात्मक सन्देश गएकाले त्यसतर्फ ध्यान दिन पनि नेतृत्व समक्ष माग गरिएको छ ।

ज्ञापनपत्र बुझाउनका लागि उहाँहरूले प्रधानमन्त्री निवासको बाहिरपट्टी दुई घन्टा धर्ना दिएका थिए ।