धादिङ जिल्लामा भुकम्पको धक्का

407 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ जिल्लाको सदरमुकाम लगायत जिल्लाका विभिन्न स्थानमा भुकम्पको धक्का महसुस गरिएको छ । राजधानी काठमाण्डौंमा पनि  भुकम्पको धक्का महसुस भएको विभिन्न संचारमाध्यमहरुले वताएका छन ।

         भुकम्पको केन्द्र विन्दु सोलुखुम्वु जिल्ला भएको र ५ रेक्टर स्केलको भुकम्प भएको अनुमान गरिएको छ । मध्य तथा पुर्वि भेगका अधिकांश जिल्लामा भुकम्पको धक्का महसुस गरिएको भएपनि विहीवार राती १०.४५ वजे सम्म कुनै क्षतीको जानकारी आएको छैन ।  विहीवार राती ९ वजेर बजेर २० मिनेटमा भुकम्पको धक्का महशुस गरिएको हो।