१५ सचिवका लागि ३९ छानिए-३ स्वतः बढुवा हुने गरी थप ३६ सहसचिव सिफारिस

646 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं,-सरकारले रिक्त रहेका १५ सचिवको बढुवा प्रक्रिया सुरु गरेको छ । बढुवा समितिले कार्य सम्पादन मूल्यांकनको आधारमा ३९ सहसचिवको नाम सचिवका लागि सिफारिस गर्ने तयारी गरेको हो I कर्मचारी बढुवाका लागि सिफारिस गर्न जम्मा बढुवा हुने सचिव संख्याको २० प्रतिशत स्वतः बढुवाका लागि सिफारिस हुनेछन्, जसमा तीन सहसचिवलाई स्वतः बढुवाका लागि कार्य सम्पादन तथा वरिष्ठताका आधारमा बढुवा समितिले सिफारिस गर्नेछ ।

4d579949750340a9691a488f1abeee04

त्यसबाहेकका १२ सचिवका लागि ३६ सहसचिवको नाम सिफारिस गर्ने तयारी समितिले गरेको छ । बढुवा समितिको गत २२ मंसिरमा बसेको बैठकले कार्य सम्पादन तथा वरिष्ठताका आधारमा सिफारिसका लागि नाम छनोट गरेको छ । सामान्य प्रशासन मन्त्रालयले सचिव बढुवाको प्रारम्भिक छलफल सोमबारबाट सुरु गरेको थियो ।

वरिष्ठता र कार्य सम्पादनका आधारमा सचिवको बढुवा प्रक्रिया अघि बढाउन बढुवा समितिको सचिवालयले यसै साता सिफारिस गर्ने तयारी गरेको सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार बढुवाका लागि सहसचिवहरू सुरेशप्रकाश आचार्य, गजेन्द्र ठाकुर र सर्वजित महतोलाई स्वतः बढुवाका लागि सिफारिस गर्ने समितिको योजना छ । बढुवा समिति सिफारिसका आधारमा पुस दोस्रो साताभित्रै १५ सहसचिवको बढुवा गर्ने तयारी गरिएको छ । कार्य सम्पादन र वरिष्ठताका आधारमा समितिले बढुवा सिफारिसको तयारी गरेका अन्य ३६ सहसचिवमा कानुन समूहका लक्ष्मणप्रसाद मैनाली, कमलशाली घिमिरे, रामकुमार आचार्य र टेकप्रसाद ढुंगाना रहेका छन् ।

यस्तै, बढुवाको सिफारिसका लागि कानुन समूहकै यादव घिमिरे, थीरबहादुर चन्द, कृष्ण गिरी, लेखनाथ पौडेल, श्रीकान्त पौडेल, खगराज पौडेल, किरण पौडेल र श्रीधर सापकोटा रहेका छन् । यस्तै, कानुन समूहकै विपुल न्यौपाने, नहकुल सुवेदी, महेश शर्मा पौडेल, जनार्दन नेपाल, नातिबाबु लामिछाने, भुपेन्द्र पौडेल र झमकप्रसाद शर्मा रहेका छन् । बढुवाका लागि कार्य सम्पादन र वरिष्ठताका आधारमा प्रशासन समूहका सुनिलकुमार मल्ल, शिवकुमार शर्मा, केदारबहादुर अधिकारी, राजन खनाल, चन्द्र घिमिरे र फुलगेन प्रधानको नाम पनि छनोट गरिएको छ । यस्तै, प्रशासन समूहकै विजयकुमार मल्लिक, रमेशकुमार शर्मा, दिनेशकुमार थपलिया, खुमराज पुन्जाली, नवराज भण्डारी र राजेन्द्रप्रसाद नेपाल बढुवाको सिफारिसमा रहेका छन् । प्रशासन समूहकै बढुवाको सूचीमा राखिएकाहरूमटा ईश्वरीप्रसाद पौडेल, जीवनप्रभाव लामा र अन्नपूर्णानन्द दास रहेका छन् ।

यस्तै, सचिव बढुवाका लागि शशीशेखर श्रेष्ठ, जयदेव श्रेष्ठ, टंकमणि शर्मा, प्रेमकुमार राई र राजेश्वरमान सिंहको पनि सिफारिस गर्ने निष्कर्षमा समिति पुगेको छ । उनीहरू सबै कार्य सम्पादनमा उत्कृष्ट रहेका छन् ।

दर्जनभन्दा बढी सचिव गत ९ साउनमा सेवानिवृत्त भएपछि सरकारका १५ निकाय सचिवविहीन भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई सचिव पद रिक्त छ । यस्तै, परराष्ट्र मन्त्रालयमा शंकरदास बैरागीले कामु सचिवको रूपमा काम गरिरहेका छन् । कामु सचिव हुनेहरूमा रक्षामा देवेन्द्रप्रसाद सिटौला, शान्ति तथा पुनर्निर्माणमा खुमराज पुन्जाली, सूचना तथा सञ्चारमा सुनिलबहादुर मल्ल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रेमकुमार राई रहेका छन् । कामु सचिवहरू पनि सचिवको उम्मेदवारका रूपमा रहेका छन् ।

यस्तै, रिक्त रहेका निकायमा रहेका कामु सचिवहरूमा नेपाल कानुन आयोगमा रञ्जनकृष्ण अर्याल, सार्वजनिक खरिद अनुगमन कार्यालयमा टंकमणि शर्मा, जल तथा ऊर्जा आयोगमा ईश्वरीप्रसाद पौड्याल र राष्ट्रिय सूचना आयोगमा जीवनप्रभाव लामा रहेका छन् । यस्तै, कामुु सचिव रहेका निकायहरूमा राष्ट्रिय सतर्कता केन्द्रमा रमेशकुमार शर्मा, क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा अन्नपूर्णानन्द दास, क्षेत्रीय प्रशासन कार्यालय पोखरामा दिनेशकुमार थपलिया, क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा शंकरप्रसाद कोइराला र क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमा विजयकुमार मल्लिक रहेका छन् ।

 -राजधानी दैनिकबाट