दुई माओवादीका फरक फरक कार्यक्रम 

567 पटक पढिएको

सम्पादक: Dhading News

bidhyaa chandaमोहन वैद्य नेतृत्वको नेकपा माओवादी र नेत्रबिक्रम चन्द्रले नेतृत्व गरेको माओवादीले आज काठमाण्डुका छुट्टा छुट्टै भेला गर्दैछन् । चन्द नेतृत्वको नेकपा माओवादीले राजधानीको खुलामन्चमा आमसभा गरेर आफ्ना धारणा र बटम लाइन सार्वजनिक गर्ने भएको छ । बैद्य  नेतृत्वको माओवादीले कार्यकर्ता भेला राखेको छ । माओ दिवसको अवसर पारेर दुईटैले कार्यक्रम गर्न लागेका हुन् । मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीबाट अलगभएपछि  पहिलो पटक आमसभा गर्न लागेका चन्दले आफ्ना धारणा सार्वजनिक गर्ने पार्टीले जनाएको छ ।

चन्द माओवादीका प्रवक्ता खड्गबाहदुर विश्वकर्माले जारी गरेको प्रेस विज्ञप्तिमा संविधान निर्माण र शान्ति प्रक्रिया तथा जनयुद्ध एवं जनआन्दोलनको स्पिरिटलाई निष्कर्षमा पु¥याउने खाकासहित सम्बोधन गर्ने बताइएको छ । त्यसअघि कालीमाटी–त्रिपुरेश्वर–खुलामञ्च, पुल्चोक–माइतीघर, बबरमहल–माइतीघर मण्डला, लैनचौर–जमल–खुल्लामञ्च, डिल्लीबजार–पुतलीसडक–खुलामञ्च लगायताका स्थानमा जनप्रदर्शन गरिने माओवादीले जनाएको छ ।