नलाङमा मिन्दुका रेडियो श्रोता क्लव गठन

705 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- आवाज अभियान नेपाल र हेल्भेटास स्वीस ईन्टरकोअपरेसन नेपालको साझेदारीमा संचालन भएको सुरक्षित आप्रवासन परियोजना अन्तरगत रेडियो धादिङबाट हरेक हप्ताको विहिबार बेलुका ८ बजे प्रसारित देश परदेश कार्यक्रमलाई प्रभावकारी वनाउनका लागि नलाङ गाविस वडा नं ७ मा २३ सदस्यीय मिन्दुका रेडियो श्रोता क्लव गठन भएको छ । उक्त क्ल्वको अध्यक्षमा सुवेक रिमाल, उपाध्यक्षमा पूर्ण बहादुर घले, सचिवमा लक्ष्मि अर्याल, कोषध्यक्ष मा मनिषा श्रेष्ठ रहेका छन् ।