तत्काल गुनासो सम्बोधन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

575 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हेलो सरकारमा ३४ हजार उजुरी एवम् गुनासो प्राप्त भएको जनाउँदै तीनलाई तत्काल सम्बोधन गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिएको छ ।

HelloSarkarउक्त कार्यालयका सचिव शान्तराज सुवेदीले सहरी विकास मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, सिँचाइ मन्त्रालय, नेपाल दूरसञ्चार कम्पनी, ऊर्जा मन्त्रालय र भूमि सुधार तथा व्यवस्था मन्त्रालयले ७५ प्रतिशतभन्दा कम गुनासा सम्बोधन गरेको पाइएकाले अब उपरान्त चाँडोभन्दा चाँडो गुनासो सम्बोधन गर्न निर्देशन दिएका हुन् ।
सम्बन्धित निकायलाई आज उक्त निर्देशन दिँदै सचिव सुवेदीले हेलो सरकार स्थापना भएयता सबैभन्दा धेरै गुनासोहरु गृह, शिक्षा, सङ्घीय मामिला तथा स्थानीय विकास, भौतिक पूर्वाधार तथा यातायात, अर्थ, वाणिज्य तथा आपूर्ति र श्रम तथा रोजगार मन्त्रालय र मातहतका निकायविरुद्ध उजुरी परेकाले तत्काल सम्बोधनका निम्ति क्रियाशील रहन कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।