बन्दबाट दिक्क भएकाहरुको साझा अभियान– ‘से नो टु बन्द’

970 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, २९ पुस –बन्द सधैंका लागि बन्द गर्ने प्रतिबद्धता जनाएका दलहरु फेरि बन्द हडतालमा उत्रिएपछि नागरिकस्तरबाट बिरोधका स्वर बढ्न थालेको छ । संविधान पर्खेर बसेका नागरिकलाई उल्टो बन्दको मार थोपरेपछि ठाउँठाउँमा प्रतिरोध पनि भैरहेका छन् ।

फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा ‘से नो टु बन्द’ भनेर अभियान नै सुरु भएको छ ।

B7MwcFxCIAEz8ta
धेरैले बन्द आह्वान गर्नेलाई गाली गरेका छन् । सामाजिक सञ्जालमार्फत युवाहरुले बन्द सधैंका लागि बन्द गर्न माग गरेका छन् । सामाजिक सञ्जालमा व्यक्त केही विचार यस्ता छन् :

बन्दले कुनै पनि समस्याको समाधान निम्त्याउन सक्दैन बरु समस्या थप्ने काम गर्छ

लुकेर हान्नी क़े का क्रान्तिकारी ….थुक्क लाछीहरू राजनीतिको नाममा जनतालाई कति दुक्ख दिन्छौं

1

नामर्द बन्द कर्ताहरु !! सक्छौ भने आफ्ने नेताको कुकर्मको बिरोधमा तिन्कै मुख बन्द गर न । जनताको खाने मेसै बन्द गरेर हुन्छ ?? 

“म र मेरो जाति” बाहेक अरु नसोच्ने प्रवृत्तिको विरोध गरौं। 

नेपाल खुल्ला छ। सबै बन्दको अवज्ञा गरौँ 

2h2 hours ago

“नेपाल खुल्ला छ नेपाल बन्द छैन” आउनुहोस हातेमालो गरौ।बन्दको विरोध गरौ।आज ११ बजे सहिदगेट जाउ!! धेरै सहियो अब कति सहने?सबैमा अपिल!!

33m33 minutes ago

जबरजस्ती र भयभित पारेर बन्ध गराउनु बन्धक बनाउनु हो,(असहयोग र समर्थन कदापी होईन)!आम जनताको मन दुखाएर के पाइन्छ?

-उज्यालो अनलाईनबाट