ए शिर्ष नेता हो २० वर्ष भयो, पेन्सन पाक्यो छोड अव ।
723 पटक पढिएको
२० वर्ष अगाडी ५१,सालमा माओबादीले संबिधान सभा गर्नु पर्यो भनेर एजेन्डा अगाडी सार्यो । त्यतिबेला एमाले र कांग्रेसले संबिधान सभाको नाम नै सुन्न चाहेनन्, अन्तत माओबादीले जनयुद्ध सुरु गर्यो । १७ हजार नेपाली सहीद भए हजारौ अपाङ्ग भए । त्यहि बीचमा चुनाव पनि भयो काग्रेसलाई जनताले सरकार चलाउने मत दीए । पटक पटक कांग्रेशका प्रधानमन्त्री भए शासन उनीहरुको हातमा थियो । यसै बीचमा राजा विरेन्द्रको हत्या भयो । ज्ञानेन्द्र राजा भए काग्रेसको शेर वहादुरले चुनाव घोषणा गरे तर गराउन सक्ने आँट आएन एक हिसाव ले असफल भए । असफल भए पछी राजीनामा दीनु पर्ने त्यो पनि दीएनन, आफै ज्ञानेन्द्र ले हटाई दीए । यसै बिचमा सक्रिय राजाको बेला पनि एमाले कांग्रेश पटक पटक सत्तामा पुगे, अन्तत: राजाको पेलाई सहन नसकी काग्रेस एमाले आतिए आन्दोलन गरे केही लागेन । ज्ञानेन्द्रले लोक सेवा आयोगले खरदारको भ्याकेन्सी गरे जस्तै प्रधान मन्त्री को भ्याकेन्सी खुलाए कोही पास भएन । यसै क्रममा एमालेका राजा आधा सच्चिए भन्दै प्रधानमन्त्रीको लागि बिन्तीपत्र राख्न राजाको खुट्टा ढोग्न गए र पनि ज्ञानेन्द्रले एमालेलाइ बिस्वास गरेनन । उता माओबादी राजा सँग मिली हामीलाई खतम पार्ला भनेर एमाले काग्रेस डराए । रुकुम रोल्पा माओबादी नेता खोज्न हिडे । माओबादी पनी खुल्ला हुन हतास भएको वेला सवै ले खोजे जस्तो भो काग्रेस एमाले लाई माओबादी को सहारा मिल्यो । दिल्लीमा दिन जुराए दाजु भाई वने काग्रेस एमाले माहोवादी तिन भाई भए । दिल्लीबाट आन्दोलन चर्काउने कुरा आयो , गाउँ गाँउ माओबादीले उर्दी लगायो आन्दोलनको कयौ डरै डरमा आन्दोलनमा आए शहर गाउँ ज्ञानेन्द्रका विरोधी आन्दोलन चर्कीयो तिन भाई खुसी भए ।
सजिलै राजा राज गद्दी छोड्दीए रक्तपात मच्चाउन सक्थे तर जनता को माया गरेकै हुन सवैले स्विकार्ने पर्छ सेना उनको हात मा थियो । माधव नेपाललाई हटाउन भन्दा उन्लाई हटाउन सजिलो भएको थियो ।
जनता ले अव यस्ता आन्दोलनमा हिड्न पर्दैन अव भन्ने सोचे । देश विकासमा लम्कियो माहाराजा हटे देशको वजेट खाने हात्ती सम्झेका थिए जनता ले । माओबादीको एजेन्डा सवैमा हस्ताक्षर गरे काग्रेस एमाले ले । कती सिट जित्ला र माओबादीले जित त हाम्रै हो भन्ठाने एमाले र कान्ग्रेशीहरुले । भर्खर वाहीर आएको पार्टीको विश्वास कती छ जनता मा भन्ने प्रचन्डले अनुमान लगाउन सकेनन तेसैले माधव नेपाल सँग ताल मेल गर्न अफर गरे तर एमाले सवै जित्ने घमन्डमा मानेन तर जनता परिवर्तन चाहन्थे नयाँ हेर्न चाहन्थे त्यसैले प्रचन्ड को अनुमान भन्दा धेरै जित भो । एमाले काग्रेस खुम्चिए । यति वेला सम्म माओबादीकै एजेन्डा को पछी लागेर यत्रो यात्रा गरे । कांग्रेश एमालेको पनि पछारिएपछि बुद्धि आयो , संबिधान सभा मा जानु नै थियो त ५१ सालमै गएको भए हुने थियो । प्रचन्ड अली बढी आत्तिए अव जे गरे पनी जनता मेरै पक्षमा हुनेछन जस्तो गरे तर जनताले विकास शान्ति मागेका थिए । कट्वाल प्रधान सेना पती भए नि के नभए नी के जनतालाई, त्यो प्रचण्डको राजनैतिक बिषय थियो तर जनतालाई त्यो वास्था थिएन, तर प्रचन्डले सफर गर्न सकेनन आफुले भने जस्तो नहुदा राजीनामा ठोके हतारमा फेरी सत्ता को चावि उहीं लगेर वुझाए । जसरी पनी सरकारमै जान रुचाउने एमालेले माओबादी काग्रेससँग पालै पालो सरकारमा गए ।
अहीले जनताको मत कुरा गर्ने ले तेती वेला जनताको मत नै नपाएका माधव नेपाल लाई प्रधान मन्त्री वनाउ सफल भए ।
जनताको ठुलो आशाका नेता वावुराम भट्टराईलाई हेर्न चाहे उनले प्रधान मन्त्री हुदाँ स्वदेशी गाडी चड्ने भनेर जनता को मन जित्न सफल भए । उनको कार्य काल मा २ ओटा नविर्सने काम भए एउटा सम्विधान सभा विगठन भयो त अर्के कुनै पनी नेताले खोल्न नसकेको काठमान्डौको वाटो गल्ली गल्ली खोले । आज जसले जे भनोस आज फराकीलो सडकको देन वावुराम कै हो । तर उनले पनी जनता को सपना पूरा गर्न सकेनन । बाबुरामलाइ जुन रुपमा जनताले हेर्न चाहेका थिए त्यो बाबुरामले दिन सकेनन, एक प्रकार ले बाबुराम पनि असफलनै भए र सत्ताबाट हटे ।
जनता सँग सवै दलले वन्द हड्ताल नगर्ने वाचा गरी सम्विधान सभामा जनता लाई फकाए । पहिलो पटकभएको संबिधान सभाको निर्बाचन र त्यसबाट बनेको सरकार ले केहि गर्न सकेन बाबुरामकै पालामा संबिधानसभा बिघटन भयो सार मा भन्ने हो भने पहिलो संबिधान सभामा सत्ता बाडीचुडी खाने बाहेक कुनै उपलब्धि जनताले बुझ्ने किसिमको गर्न सकेनन ।
दोस्रो संबिधान सभाको चुनाब भयो, माओबादीको नसोचेको हार भो, प्रचन्ड मत गणना स्थल वाटै भागे धाँदली भो भन्दै जनता लाई भुलाए एउटा छानविन आयोग गठन गरेको भरमा फेरी संबिधान सभामा हाजीर भयो । एमाले फेरी काग्रेस सँग मिली सरकार मा गयो । गणतन्त्र पछी ठुलै फाईदा खान पाएका मदेशीनेता हरु भने यो पटक बाहिर पुगे । माओबादीको संगठन कमजोर भयो । सवै भन्दा ठुलो दल माओबादी संबिधान सभा भाग दुईमा कमजोर स्थान मा गयो । अनी साना तीना दल जम्मा गरी ठुलो दल वन्ने कोशीस गर्यो ।
काग्रेसको सरकार भए पनी हालीमुहाली एमाले को रह्यो । पहीला झन्डै माओबादीनै हुन लागेका वामदेव पनी माओबादीलाई कटाक्छे गरी के पी ओलीसँग मिली सरकार को वाग ढोर समाले । आफ्नो अडान मा रहने के पी ओली को पनी अन्तिम इच्छा एक पटक प्रधान मन्त्री वन्ने रहर छ तेसैले सम्विधान जस्तो भए पनी घोषणा गर्न चाहन्छन । हार जित सवैको हुन्छ हार्दा आत्तिने, जित्दा मातिनु पर्दैन । कमल थापालाई सवै मिली हटाए आज कमल थापा झागिएर आएका छन फैलिएर फेरी काग्रेस एमाले माओबादीलाई पनी ढाक्न सक्छ । २०७१ साल को माघ आठ मा जनता को सम्विधान आउँदैन ।
अन्तमा : मर्नेबेला सम्म शिर्ष नेताको पद र सत्ता मोह छोडौ नया पुस्तालाई विवेक प्रयोग गर्न देउ, ए शिर्ष नेता हो २० बर्ष पुग्यो पेन्सन पाक्यो छोड अब ……