एकै दिन ११ करोडको मोटरसाइकल बिक्रि

502 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bikeकाठमाडौ । मध्यम वर्गका लागि आवश्यककीय साधन बनेको मोटरसाइकल दैनिक झण्डै ११ करोड रुपैयाँ हाराहारीको बिक्री हुने गरेको छ ।
मुलुकभर दैनिक औसत ६ सय २६ वटा विभिन्न ब्रान्डका स्कुटी र मोटरसाइकलको मूल्य एक लाख ७५ हजार रुपैयाँ राख्दा दैनिक विक्री झण्डै ११ करोड रुपैयाँ पुग्छ । यही तथ्याङ्कलाई वाषिर्क रुपमा गणना गर्ने हो भने करिब ४० अर्बको रुपैयाँको मोटरसाइकल बिक्री वितरण हुने गरेको देखिन्छ । सरकारले सवारी साधनलाई दुई सय ४० प्रतिशतसम्म कर लिन्छ ।
यातायात ब्यवस्थापन विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा ७५ हजार १ सय २३ वटा स्कुटी र मोटर साइकल नेपाल भित्रिएका छन् । यही तथ्याङ्क अनुसार प्रतिदिन ६ सय २६ वटा स्कुटी तथा मोटसाइकल नेपालमा आयात भई बिक्री वितरण हुने गरेको देखिन्छ ।
विभागका अनुसार स्कुटी तथा मोटरसाइकलको हिस्सा सम्पूर्ण सवारी साधन आयातको ८५ प्रतिशत हुन जान्छ । चालु आर्थिक वर्षको चार महिनामा ८७ हजार ७ सय ५४ वटा सवारी साधन आयात भएका छन् । जसमा ७५ हजार एक सय २३ वटा स्कुटी र मोटरसाइकल छन् । मध्यम वर्गको रोजाइमा परेको मोटरसाइकल मात्र होइन नेपालको हकमा विलासी मानिन कार, जिप र भ्यानको बिक्री संख्या पनि प्रत्येक दिन ३७ पुगेको नागरिकमा समाचार छ ।