राजधानीमा उच्च सुरक्षा सतर्कता

944 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं ८ माघ -गृह मन्त्रालयले राजनीतिक दलहरुबीच बढेको तिक्तता र असहमतिले निम्त्याउन सक्ने संभावित खतरा ध्यानमा राखेर उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ  । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

apfमन्त्रालयले संविधानसभा भवन, मन्त्रीहरु, सभासद, विभिन्न देशका राजदूतलगायतका उच्च अधिकारीको सुरक्षामा थप सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले उपत्यकाको सुरक्षा अवस्थामा उच्च सतर्कता अपनाइने बताए । प्रहरीले राष्ट्रपति कार्यालय, उपराष्ट्रपतिको कार्यालय र निवासमा सुरक्षा निगरानी बढाएको छ