भ्रष्टाचार आरोपमा गरीबि निवारण कोषका निर्देशक श्रेष्ठ निलम्बनमा
647 पटक पढिएको


सरकारबाट बिनियोजित बजेट र दातृ निकायबाट प्राप्त रकममा अनियमितता भएको भन्दै छानबिनका लागि अख्तियारमा उजुरी परेको थियो। हालसम्मको अनुसन्धानबाट भ्रष्टाचारको संभावना बढी देखिएको बताउँदै अख्तियारले निलम्बन गर्न लेखि पठाएको हो।
आफुविरुद्धको प्रमाण लोप गर्नसक्ने र अनुसन्धानमा बाधा पु:याउन सक्ने देखिएकाले श्रेष्ठलाई निलम्बन गरिएको अख्तियारद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।