पत्रकार शाहीको रुखले किचेर निधन
676 पटक पढिएको

जाजरकोट-प्रेस चौतारी नेपाल जाजरकोटका पूर्व कोषाध्यक्ष वीरबहादुर शाहीको माघ १९ गते सोमवार रुखले किचिएर मृत्यु भएको छ ।

शाही नेपाल पत्रकार महासंघ जाजरकोट कार्यसमिति सदस्य पनि हुन । एक दशकदेखि पत्रकारितामा क्रियाशील शाही जिल्लामा प्रकाशित हुने युगसम्वाद पाक्षिकका कार्यकारी सम्पादक र काठमाडौँस्थित माउन्टेन टेलिभिजनका जिल्ला संवाददाताको रुपमा रहे काम गरेका थिए । उनको पत्नी र दुई छोरा छन् । शाहीको निधनसँगै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्दर्छौ, चौतारीका महासचिव माधव नेपाल द्धारा जारी विज्ञप्तिमा उल्लख छ ।