पेट्रोलियम पदार्थको मुल्य फेरि घट्यो
789 पटक पढिएको


निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले सोमबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाइएको जानकारी दिए। नयाँ मूल्य अनुसार डिजेल र मट्टितेलेको नयाँ मूल्य प्रतिलिटर ८६ रुपैयाँ ५० पैसामा झरेको छ।
सञ्चालक समितिले डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा घटाएको हो। स्वचालित मूल्य प्रणाली लागू गरिदेखि पेट्रोलियम पदार्थमा निरन्तर मूल्य घट्दो छ।
अन्तराष्ट्रिय बजार अनुसार सरकारले पेट्रोलियम पदार्थको पेट्रोल, डिजेल र मट्टितेलमा स्वचालित मूल्य प्रणाली लागू गरेको थियो।