सिम टीभीको सेवा सञ्चालनमा, सेटअप बक्स सित्तैमा

552 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नयाँ नयाँ प्रविधिको विकास भइरहेका बेला नेपालीहरूलाई टेलिभिजन हेर्दा उच्च गुणस्तरीय दृष्य देखाउने उद्देश्यले सिम टीभीले आफ्नो सेवा सुरू गरेको छ ।

सिम टिभिले बजारमा डिजिटल केवल टेलिभिजन सेवा सुरु गरेको जनाएको हो । हाई डेफिनेसन अर्थात एचडि तथा स्ट्याण्डर्ड डेफिनेसन प्रणालीमा सुरु भएको सेवामार्फत उपभोक्ताले उच्च गुणस्टरको श्रव्यदृष्य सामग्री हेर्न सक्ने कम्पनीले जनाएको छ । सन् २०१७ सम्ममा विश्वव्यापी रुपमा केवल टेलिभिजनलाई डिजिटलाइज गर्ने मापदण्ड निर्धारण गरेकाले कम्पनीले डिजिटिल टेलिभिजन सुरु गरेको जनाएको छ ।

सिम टिभीले चारहजार रुपैयाँभन्दा माथि पर्ने सेटअप बक्स सित्तैमा उपलब्ध गराउने भएको छ ।

सरकारले पनि उक्त मापदण्ड लागु गराउने अभियान सुरु गरेकाले उपभोक्तालाई अन्तर्राष्ट्रियस्तरको टेलिभिजन च्यानलमा अभ्यस्त हुन सहज बनाउने कम्पनीको दावी छ । डिजिटिल च्यानल सेवा सुरु गर्नका लागि सिम टिभिले १ करोड रुपैंया खर्च गरेर एमएसओ लाइसेन्स लिएको हो । कम्पनीले एक विदेशी कम्पनीसँगको संयुक्त लगानीमा यो सेवा सुरु गरेको हो ।

विश्वका अधिकांश मुलुकमा डिजिटल टेलिभिजन प्रणाली अनिवार्य भैसकेकाले युरोपीयन कम्पनीसंगको सहकार्यमा नेपालमा डिजिटल टेलिभिजन सेवा सुरु गरेको हो । हाल, राजधानीका साथै सुदुर पश्चिम र मध्यपश्चिम क्षेत्रमा आफ्नो सेवा सुरु भैसकेको जनाएको छ । डिजिटल टेलिभिजन सेवाका लागि उपभोक्ताले अनिवार्य रुपमा सेटअप बक्स जडान गर्नुपर्ने छ ।