पत्रकार महासंघ द्धारा मृतक शाहीका परिवारलाइ १५ हजार सहयोग

575 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10959712_809186272469862_6553489085981307653_n (1)जाजरकोट-सोमवार जाजरकोटको नायकवाडा गाविस वडा नं ७ गैरागाउँमा रुखले चेपिएर मृत्यु भएका नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका सदस्य तथा माउनटेन टेलिभिजनका जिल्ला प्रतिनिधि वीरवहादुर शाहीको पिडित परिवारलाइ पत्रकार महासंघ जाजरकोटले १५ हजार राहत सहयोग दिने भएको छ । मंगलवार अध्यक्ष जनक केसीको अध्यक्षतामा वसेको महासंघको वैठकले पत्रकार शाहीको निधन प्रति शोक प्रस्ताव पारित गर्दै आर्थिक अवस्था कमजोर भएको उनको परिवारलाइ महासंघको तर्फवाट १५ हजार नगद रकम राहत स्वरुप सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष जनक केसीले जानकारी दिए । उनका अनुसार शाहीको पिडित परिवारलाइ आवस्यक सहयोगको लागि नेपाल पत्रकार महासंघ केन्द्रिय समिति र अन्य सरोकारवाला निकायलाइ आग्रह गर्ने निर्णय समेत गरिएको छ । समाचार संकलनको क्रममा वाटोमा हिड्दै गरेका शाहीको सोमवार साँझ नायकवाडाको गैरागाउँको जंगलमा रुखको हांगोले चेपिएर मृत्यु भएको थियो । मृतक शाहीका श्रीमति र दुइ छोराछोरी रहेका छन् । ६ वर्ष देखि जिल्लाको पत्रकारीतामा क्रियासील शाही इमान्दार तथा शालीन व्यक्तिको रुपमा चिनिन्छन् । शाहीको निधनमा पत्रकार महासंघ जाजरकोट शाखाले एक शोक वक्तव्य प्रकासित गरेको छ । अध्यक्ष जनक केसीद्धारा हस्ताक्षरित शोक वक्तव्यमा शाहीको निधनले जिल्लाको पत्रकारीता र सामाजिक विकासको अभियानले एक उर्जाशील युवा गुमाएको उल्लेख छ ।