जनता आवास’ कार्यक्रमलाई जारी राखिने

438 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- प्रचार प्रसार भएजस्तो अति विपन्न लक्षित बर्गले खासै उपलव्धि आसिल गर्न नसकिरहेका जनता आवास कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
सरकारले चालु आवमा ‘जनता आवास’ कार्यक्रमअन्तर्गत २७ जिल्लामा क्रमागत रूपमा ६०० आवास एकाइ निर्माण गर्ने भएको छ । यस्तै सोही कार्यक्रमअनुसार एक हजार १६२ आवास एकाइ निर्माण गर्ने कार्य रहेकामा क्रमागततर्फबाट आवास एकाइ निर्माणको चरणमा रहेको छ ।

अति विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्ने उद्देश्यले विगत तीन वर्षदेखि जनता आवास कार्यक्रम सञ्चालन गरिरहेको छ ।

चालु आवमा धादिङ, मकवानपुर, गोरखा, तनहुँ, पाल्पा, गुल्मी, दाङ, डोटी, अछाममा सो कार्यक्रममार्फत आवास एकाइ निर्माण गरिने मन्त्रालयले जनाएको छ ।

कार्यक्रम कार्यान्वयनका लागि जिल्लास्तरीय समन्वय समितिको बैठकले अन्तिम प्रतिवेदन दिइसकेको जानकारी दिँदै प्रवक्ता आचार्यले अन्य जिल्लामा पनि आवास निर्माणको सिफारिस गर्न जिल्ला विकास समितिमार्फत सम्बन्धित गाविसलाई निर्देशन दिइएको छ ।