प्रेस चौतारी पुरस्कार कोइराला, पोखरेल, शेर्पा र जिएमलाई

616 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौं- प्रेस चौतारी नेपालले हरेक बर्ष बितरण गर्दै आईरहेको पुरस्कारका यस बर्ष पनि विभिन्न व्यक्तिले पाउने भएका छन । सत्रौं स्थापना दिवसका अवसरमा पत्रकारिता तथा आमसञ्चारका क्षेत्रमा भूमिका निर्वाह गर्ने व्यक्तिलाई चौतारीले विभिन्न पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । घोषित पुरस्कारमध्ये ‘हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार तीर्थ कोइरालालाई, ‘अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार गोविन्द पोखरेललाई, ‘वीरेन्द्र साह युवा क्रियाशील पत्रकारिता पुरस्कार’ सङ्खुवासभा युवा पत्रकार छेटु शेर्पा र ‘डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार’ रोल्पका ईश्वरी जिएमलाई दिइने निर्णय भएको छ ।

chautaraiस्थापना दिवसमा विहीवार काठमाण्डौंमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र अर्यालले सो घोषणा गर्नुभएको हो । यस्तै चौतारीले दार्चुला, दाङ, कास्की, चितवन र मोरङ जिल्लालाई उत्कृष्ट शाखा घोषणा गरेको छ । ती पुरस्कार आगामी प्रेस स्वतन्त्रता दिवस (मे ३) मा प्रदान गरिनेछ ।