विनोद चौधरीको सम्पत्ति १.३ अर्ब डलर

504 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

binodकाठमाडौं, –  अमेरिकी प्रशिद्ध पत्रिका फोब्र्सले सार्वजनिक गरेको अर्बपतिको सूचीमा गत वर्ष पहिलो पटक परेका नेपालका एक मात्र अर्बपति बिनोद चौधरीको सम्पत्ति १ अर्ब ३० करोड अमेरिकी डलर अर्थात् झन्डै १ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । उनी यो सम्पत्ति सहित फोब्र्सको विश्वव्यापी धनीको सूचीमा १३ सय ६ स्थानमा परेका छन् । नेपालको नबिल बैंक, चिरपरिचित तयारी चाउचाउ वाइवाई लगायतका विभिन्न खाद्य उद्योग लगायतको व्यवसाय चौधरीले सञ्चालन गर्दै आएका छन् । ५९ वर्षिय चौधरीको एसियाका विभिन्न मुलुकका होटलमा पनि हिस्सा छ । हालसालै उनले युगान्डाको मुकवानो ग्रुपसँगको संयुक्त लगानीमा युगान्डा, रुवान्डा र बुरुन्डीमा होटल निर्माण पनि गरिरहेका छन् । गत वर्ष एसटी टेलिकमको खरिद गरेपछि उनको सम्पत्तिको स्रोतमा पनि विविधिकरण आएको छ ।
कहिलेपनि कलेज नगएका चौधरीले ४ दसक अगाडि परिवारकै टेक्सटायल कारोबारको व्यवसायमा आबद्ध भएका थिए । उनका तीन छोराहरु निर्भान, राहुल र बरुण पनि उनीसँग व्यवसाय गर्दैै आएका छन् ।  – एजेन्सीको सहयोगमा