लौरो बोक्ने ‘पहिचानवादी युवा शक्ति’ गठन

518 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एमाअाेवादी नेतृत्वकाे ३० दलीय गठबन्धनमा आवद्ध ७ पार्टीले विहीबार राजधानीमा ‘पहिचानवादी युवा शक्ति’ घोषणा गरेका छन् ।

मोर्चाका संयोजक तथा एमाओवादी अध्यक्ष प्रचण्ड र आदिवासी जनजाति आन्दोलनका संयोजक पदरत्न तुलाधरको उपस्थितिमा राजधानीमा युवा शक्ति घोषणा गरिएको हो ।

पहिचानमा आधारित गठबन्धनका ७ दल आवद्ध ‘युवा शक्ति’ युवा पहिचान पक्षधरहरु विरुद्ध परिचालन हुने बताइएको छ । युवा शक्तिलाई सुरुमा लाठी बोक्न दिइने नेताहरुले बताएका छन् ।

पहिचानवादी युवा शक्तिको घोषणा पत्र विहीबार राजधानीमा सार्बजनिक गर्दै सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले निधारमा कफन र दायाँ हातमा भाटा बोकेका युवाहरु देशभरि खट्ने बताए ।

उनले भने-‘अहिले लौरो मात्रै दिएका छौं । यसका धेरै चरणहरु छन् । बन्दुक बोक्ने र बोकाउने प्रचण्ड कमरेड मन्चमै हुनुहुन्छ, आवश्यक पर्‍यो भने जे पनि आउँछ ।’

अब हुने आन्दोलनलाई युवा विद्रोहको रुपमा लैजानुपर्ने उनले बताए । शेर्पाका अनुसार अब छिट्टै ३० दलीय मोर्चाले पनि यस्तै युवा शक्ति घोषणा गर्ने छ ।