अबैध रुपमा अमेरिका जाने नेपालीहरुप्रति संसदको चासो

783 पटक पढिएको

१९ फाल्गुन २०७१, मंगलवार ०७:५१ सम्पादक: धादिङ न्यूज

काठमाडौं, १९ फागुन । नेपालबाट विभिन्न मुलुकमा हुने गरेको मानव तस्करीको जालो पत्ता लगाउन संसदीय समितिले चासो देखाएको छ द।

दलालहरुले भनेजुयला, ब्राजिल, भियतनाम, बोलिभिया, कोलम्बियालगायत मुलुकका स्थल र समुद्री मार्ग हुँदै संयुक्त राज्य अमेरिका छिराउने र त्यहाँ पुगेपछि नेपालीहरु प्क्राउ पर्ने क्रम बढेको छ।

अमेरिका छिर्ने क्रममा पक्राउ परेका नेपालीबारे सरकार नै बेखबर भएपछि संसदीय समितिले चासो देखाएको हो।

व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले १ महिनाभित्र जेलजीवन भोगिरहेका नेपालीको यकिन तथ्यांक पठाउन गृह मन्त्रालयलार्य निर्देशन दिएको छ।

सोमवार बैठकमा समितिका सभापति सुशीलकुमार श्रेष्ठले दलालमार्फत विभिन्न मुलुक हुँदै नेपवालदीहरु ल्याटिन अमेरिका पुगी अलपत्र पर्ने गरेको र कतिपयको मृत्यु नै हुने गरेको बताएको कारोवार दैनिकले छापेको छ ।

जानकारहरुका अनुसार दलालहरुले नेपाली युवालाई भारत र चीनको बाटो हुँदै अमेरिकी मुलुकसम्म पुर्‍याइरहेका छन्।

२५ लाख रुपैयाँसम्ममा अमेरिका पुर्‍याउने आश्वासन दिएर ब्ल्याकमेल गरी ४० लाख रुपैयाँसम्म असुल्ने गरिएको भन्दै पीडितहरुले संसदीय समितिमा उजुरी नै दिएका छन्।

वैठकमा गृहमन्त्री वामदेव गौतमले भारतसँग खुला सिमानााका कारण मानवतस्करी रोक्न नसकिएको स्वीकारे ।