कोरियन नागरिक र नेपाली महिला विहे गर्दैगर्दा पक्राउ –

508 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं, २० फागुन । नेपाली युवतीलाइ विदेशी पुरुषसँग विवाह गराउने नाममा विदेशमा बिक्री गर्ने गरेको खुलेको छ ।

यस्तो धन्दामा सम्लग्न रहेको आरोपमा राजधानीका म्यारिज ब्युरोमा छापा मारेर प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मंगलबार महाराजगंजस्थित एक म्यारिज ब्युरोमा छापा मारेर एक कोरियन पुरुष र एक नेपाली महिलालाई पक्राउ गरेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

सो म्यारिज ब्युरोले नेपाली युवतीलाई कोरियन पुरुषसँग विबाह गराउँदै आएको सिआइबीले जनाएको छ ।

कोरियामा पुर्‍याएपछि युवतीको यौन र श्रम शोषणा गर्ने गरिएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मानव तस्करीको नयाँ तरिका अपनाएको र सो म्यारिज ब्युरोले धेरै युवतीलाई कोरियनसँग विवाह गराइसकेको अनुसन्धानबाट खुलेको छ ।

पछिल्लो समय चीन र कोरियाका पुरुषसँग धेरै नेपाली युवतीलेबिहे गर्दै आएका छन् ।

–