उप राष्ट्रपति र प्रधानमन्त्रीद्वारा फागु पूर्णिमाको शुभकामना

568 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ, २१ फागुन – उपराष्ट्रपति परमानन्द झाले फागुपूर्णिमा (होली पर्व) ले सबै नेपालीहरूलाई एकताबद्ध गर्दै नयाँ संविधान निर्माणार्थ सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

फागुपूर्णिमाको अवसरमा आज एक शुभकामना सन्देश दिँदै उपराष्ट्रपति झाले हामी नेपाली माझ साझा चाडका रुपमा रहेको होलीको सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र भाईचाराको अभिवृद्धि गर्नु मूल उद्देश्य रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले फागु पूर्णिमा अर्थात होली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

हाम्रा चाडपर्वहरूले विविधतायुक्त नेपाली समाजमा सद्भाव बढाउदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले सन्देशमा नेपाली समाजलार्ई एकताबद्ध गर्न र आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरÔण र सम्बर्धन गर्न पनि अभिप्रेरित गरिरहेको छ भन्नु भएको छ ।

असत्यमाथि सत्य र खराबमाथि असल पÔको विजयको रुपमा लिइने होली पर्व मुलुकभर हर्षोल्लासपूर्वक मनाइने राष्ट्रिय पर्व हो भन्दै उहाँले रङ्गको पर्व मानिने यस पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन पनि प्रेरित गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।