मापसे गरे ५० हजार जरिवाना, अनिवार्य जेल

321 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सरकारले माददक पदाथै सेवन तथा अन्य नशालु पदार्थ प्रयोग गरी सवारी चलाउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना, अनिवार्य कैद र लाइसेन्स खारेज गर्ने भएको छ । नागरिक दैनिकमा समाचार छ ।

 हाल मापसे गरी सवारी चलाउनेलाई बढीमा हजार रुपैयाँ, लाइसेन्समा प्वाल पार्ने र चेतनामूलक कक्षा लिनेसम्म मात्र सजाय हुन्छ ।

यसले मापसे गरी सवारी चलाउनेमा उल्लेख्य कमी नआएपछि चालकलाई कस्न बढी सजायको दायरा बढाउन लागिएको हो । ट्राफिक प्रहरीले सवारी दुर्घटनाको प्रमुख कारण मापसे भनेको छ ।