भ्रष्टाचारको मुद्दामा उद्योग वाणिज्य महासंघ अध्यक्ष पाण्डे पक्राउ

573 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं :नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदीपराज पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ। भ्रष्टाचारको अभियोगमा पक्राउ गर्नका लागि सर्वोच्च अदालतले बाटो खुला गरिदिएपछि पाण्डेलाई पक्राउ गरिएको हो ।

सर्बोच्च अदातलले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष माथिको ‘तत्काल पक्राउ नगर्नू’ भन्ने अन्तरिम खारेज खारीदिएपछि पक्राउ गरेको हो । सर्वोच्च आदेशपछि प्रहरी मुख्यालयले पाण्डेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो विशेष निर्देशन दिएको थियो। केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डिआइजी हेमन्त मल्ल ठकुरीले अध्यक्ष पाण्डेलाई मंगलबार साँझ सात तीस बजे उनकै निवास बालुवाटारबाट पक्राउ गरिएको बताए । अध्यक्ष पाण्डेले अहिले केन्द्रीय अनुसन्धान ब्यूरोमा राखिएको छ । डिआइजी कमल बमले अदालतले दिएको पक्राउ पुर्जी अनुसार पक्राउ गरिएको बताए । उनले भने, ‘अदालतले पक्राउ पुर्जीको आधारमा नै पक्राउ गरिएको हो ।’

pjp1 (1)

न्यायाधीशद्धय कल्याण श्रेष्ठ र ओमप्रकाश मिश्रको इजलासले पूर्व अन्तरिम आदेश खारेज गरिदिएको सर्वोच्चका सहायक प्रवक्ता बाबुराम दाहालले नयाँ पेजलाई बताए । अब अध्यक्ष पाण्डेलाई पक्राउ गर्न सकिने बाटो खुलेको उनले बताए । उनले भने, ‘अन्तरिम आदेश आजको इजलासले खारेज गरीदिएको
छ । अब उहाँलाई अदालतले पक्राउ गर्न सक्छ ।’

यस्तो थियो, भ्रष्टचार मुद्दा
मुद्दा उद्योग क्षेत्रमा आउन अघि प्रदीपजंग पाण्डे सरकारी कर्मचारी थिए । उनले खानेपानी तथा ढल निकास विभागमा अधिकृतका पदमा रहेर ०३३ देखि ०३७ काम गरेका थिए । 
अध्यक्ष पाण्डले २०३४ मा खानेपानी तथा ढल निकास विभागको लेखा अधिकृत हुँदा भ्रष्टाचार गरेको प्रमाणित भएको थियो । उनले अनियमितता दाबीसहित तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगमा मुद्दा दायर भयो । आयोगले तीन वर्ष कैद, पाँच हजार जरिवाना र नौ लाख ६५ हजार सात सय ८२ रुपैयाँ बिगो बुझाउनुपर्ने ठहर गरेको थियो । सोहीबमोजिम माग गर्दै मुद्दा दर्ता भएको थियो ।
पुनरावेदन अदालतले ०४१ असार ७ मा उनीमाथि लागेको भ्रष्टाचार आरोप पुष्टि गर्दै फैसला गरेको थियो ।

फैसलापछि सरकारी जागिरबाट बर्खास्तगीमा परेका पाण्डे जेल त बसे, तर तोकिएको अवधिअगावै कैद भुक्तान नगरी निस्किएको जिल्ला अदालतमा दर्ता गरिएको आरोपपत्रमा उल्लेख छ । त्यतिवेला उनी पाँँच महिना मात्र जेल बसेर निस्केका थिए ।