नागढुङ्गा–थानकोट सडकखण्डमा सुरुङ मार्ग निर्माण गरिने

537 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–उपत्यका भित्रिने र बाहिरिने सार्वजनिक सवारी साधन लामो समयसम्म नागढुङ्गा–थानकोट सडकखण्डमा जाममा पर्ने समस्या समाधान गर्न सुरुङ मार्गको निर्माण गरिने भएको छ ।

imagesसाँघुरो सडकका कारण घन्टौँ जाममा बस्नुपर्ने समस्या समाधान गर्न सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने काम सम्पन्न भएको सडक विभागले जनाएको छ । नागढुङ्गाको सिस्नेखोलादेखि बस्नेतछापसम्म साढे दुई किमी सुरुङ मार्ग निर्माण गर्नेसम्बन्धी सम्भाव्यता अध्ययन सम्पन्न गरिएको हो ।

जापानी सहयोग नियोग जाइकाको सहुलियत अनुदानमा सुरुङ निर्माण गर्न लागिएको सडक विभागका उपमहानिर्देशक एवम् नागढुङ्गा सुरुङ आयोजना प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिनुभयो । “जाइकाको .०१ प्रतिशत ब्याजदरको सहुलियत ऋण सहयोगमा सुरुङ निर्माण गरिनेछ, लागत रु १५ अरब अनुमान गरिएको र ४० वर्षसम्मका लागि जाइकाले ऋण सहुलियतरूपमा सहयोग गर्दैछ”, आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो ।

सुरुङ निर्माणको काम डेढ वर्षभित्रमा सुरु गर्ने तयारीमा विभाग लागेको पनि उहाँले जानकारी दिनुभयो । सुरुङ निर्माणपछि राजधानी भित्रिने र बाहिरिने सार्वजनिक सवारी साधन जाममा पर्ने समस्या समाधान हुने विभागको विश्वास रहेको छ ।