किशोर श्रेष्ठको २७ पटक चीन भ्रमण गर्ने रहस्य

894 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Kisor_cover_final

काठमाडौं,- कालो वर्ण, होचा कद । समुदाय नेवारी, नेपाली र अंग्रेजी भाषा बोलि र लेखनमा अब्बल । एउटा यस्तो मान्छे जोसँग हरेक सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सूचना हुन्छ । पचासको दशकतिर साप्ताहिक पत्रिकाको बाढीमा उनले पनि छुट्टै धारको पत्रिका सुरु गरे । यतिबेला सबै साप्ताहिक धराशायी भएका छन् । उनको साप्ताहिक भने ‘घोडे जात्राका दिन पाटनमा एक्लै घोडा पहिलो भए जस्तो’ एकछत्रै राज गरिरहेको छ ।

सामाजिक सञ्जालमा उनका हरेक सन्देश सूचनामुलुक हुन्छन ।

Kisor
‘जन आस्था’ साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको चीन भ्रमणको रहस्य के त ? यही खुल्दुलीबीच तीन दिनअघि चीनबाट फर्केका किशोरसँग शुक्रबार साँझ सम्पर्क गर्दा उनी भैरहवामा थिए । लुम्बिनीमा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै गरेका चिनियाँ निर्माण व्यवसायी उनका साथी हुन । त्यही साथीको सम्बन्धमा भैरहवा आइपुगेको उनले बताए ।

सन् १९९१ देखि चीन भ्रमण शुरू गरेका श्रेष्ठको पछिल्लो पटकको भ्रमण २७ औं हो । २४ वर्षमा चीनले मारेको फड्कोलाई श्रेष्ठले निक्कै मार्मिक ढंगले प्रस्तुत गरे । ‘मान्छे इमान्दार भए र टीमवर्क मिलेपछि युग परिवर्तन हुँदो रहेछ । मैले सन् १९९१ देखि अहिलेसम्म भ्रमणमा देखेको यही हो’, उनले भने– ‘एक कालखण्ड माओले गरे । अर्को कालखण्ड देङ्ग–स्याओ पिङ्गले गरे । भिजन भए हुँदो रहेछ भन्ने अनुभव लिएँ ।’

ad1अहिले नेपाल आउने चाइनिज पर्यटकहरूले अमेरिका, युरोपबाट आउने भन्दा तीन गुणा खर्च बढि गरिरहेको तथ्य देखिएको श्रेष्ठले बताए । वाम विचारधारा बोक्ने र आपसी विश्वासका कारण चीनसँग आफनो राम्रो सम्बन्ध रहेको बताए । ‘२७ औं पटकसम्म भ्रमण गर्दा ३ सय जति पत्रकार र नेताहरूलाई चीन भ्रमण गराएँ । चीनसँग मेरो आपसी सम्बन्ध र वाम विचारधारा बोकेको व्यक्ति भएकाले यो क्रम निरन्तर छ’, श्रेष्ठले भने ।

-एभरेष्ट दैनिक डट कमवाट