किन विप्लवको पिछा गर्दैछ प्रहरीले ?

427 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्ड, १० चैत– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको गतिविधिप्रति प्रहरी सजग बनेको छ ।

पछिल्ला गतिविधि कानुनसम्मत नदेखिएपछि प्रहरीले उनीहरुको गतिविधिमाथि निगरानी बढाएको हो ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी कमलसिंह बमले कानुनविपरीत भएका जोसुकैका गतिविधि नियन्त्रण गर्न प्रहरीको कतव्र्य भएकाले निगरानी बढाइनु स्वभाविक रहेको बताए । उनले भन, ‘‘कानुनभन्दा माथि कोही छैन् । कसैले कानुन उल्लंघन गर्न खोज्छ भने उसको गतिविधि निगरानीमा पर्नु स्वभाविकै हो । हाम्रा इन्टेलिजेन्स छन् । यस्ता गतिविधिका सूचना संकलन त हुने नै भए नि ।’

लगानी बोर्डका अध्यक्ष राधेश पन्तको घरमा माओवादीका कार्यकर्ताले झन्डा गाड्नु कानुनविपरीत रहेको प्रहरीको बुझाइ छ । प्रवक्ता डिआइजी बमले भने, ‘राधेश पन्तको घरमा घेराइ गरियो । यो कानुनविपरीत काम हो । घटनामा संलग्नलाई पक्राउ गरियो । कानुनबमोजिम कारबाही पनि हुन्छ । यस्तो गतिविधि जोकाहीले गरे पनि कारबाही हुन्छ । त्यही गरिएको हो ।’

नयाँ पत्रिका दैनिकबाट