सेल्फीका कारण सम्बन्ध विच्छेद

1148 पटक पढिएको

२० चैत्र २०७१, शुक्रबार ०६:२४ सम्पादक: धादिङ न्यूज

युक्रेनकी एक महिलाको दाम्पत्य जीवन सेल्फीका कारण भत्किएको छ। इन्टरनेटमा सेल्फी अपलोड गरेका कारण उनलाई श्रीमान्ले छोडिदिएका छन्। ३२ वर्षीया अलिना पोलितुखा सुन्दर छिन्। उनी आफ्ना अश्लील सेल्फी इन्टरनेटमा राख्ने गर्छिन् र ती तस्बिर भाइरल भएका छन् नागरिक न्यूज डट कममा खबर छ ।
de80b9184ff37c7a5b5975d292b788ae_L
उनका श्रीमान् अलेक्जान्द्र राजनीतिज्ञ हुन्। उनी स्थानीय परिषद्का प्रमुख पनि हुन्। श्रीमतीका सेल्फीका कारण आफ्नो सार्वजनिक छविमा क्षति पुगेको अलेक्जान्द्रको भनाइ छ। सोसल मिडियामा उनको पहिचान नै फेरिएको छ। मान्छेहरूले उनलाई राजनीतिकर्मीभन्दा बढी अलिनाको पतिका रूपमा चिन्न थालेका छन्।

श्रीमान्ले सम्बन्ध विच्छेद गरे पनि अलिनाको सेल्फी मोह भने कम भएको छैन। एक छोराकी आमा उनी अहिले पनि इन्टरनेटमा आफ्ना सेल्फी हालिरहेकी हुन्छिन्। अलेक्जान्द्रले कैयौँ पटक उनलाई यस्तो हर्कत नगर्न आग्रह गरेका थिए। तर, उनले टेरपुच्छर लगाइनन्। अन्ततः अलेक्जान्द्रले उनीसँगको १० वर्ष लामो दाम्पत्य जीवन टुंग्याएका छन्।