लोकमानकी छोरी पनि अख्तियारमा !

472 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

lokmanकाठमाण्डु, २ वैशाख– अति नै गर्न थालेछन्, लोकमानसिंह कार्कीले । फागुनको १४ गते अख्तियारको सरकारी भवनबाटै अन्माइएकी छोरी डा. आध्यासिंह अहिले अख्तियारकै जागिरे भइन् ।

यसअघि स्थापना दिवसमा पत्नी सुनितालाई सम्मानित गरेपछि लोकमानले राज्यबाट प्राप्त अवसरलाई परिवार पोस्ने प्रयोजनमा दुरुपयोग गरेको भनी आलोचना हुँदै आएको थियो ।

अख्तियारमा नियुक्त पाँच नयाँ आयुक्तको बहाली हुनु १ दिनअघि (१८ चैत) मा लोकमानले १७ वटा निर्णय गरे । त्यसमध्ये छोरीलाई अख्तियारको अवैतानिक मेडिकल कन्सल्ट्यान्ट बनाउने निर्णय पनि थियो ।

जनआस्था साप्ताहिकबाट