विवाह गरेको एक हप्तामा मलेसिया उडेका भुजेल बेहोस भएपछि ब्युँझिएनन्
1345 पटक पढिएको


धादिङको कल्लेरी–६ खरीढुंगाका पशुपति भुजेलका २३ वर्षीय छोरा अर्जुनको मृत्यूको कारण भने खुल्न सकेको छैन । उनी मलेसिया जानु अघि जनमुक्ति सेनाको शक्तिखोर शिविरमा रहेका थिए ।
जनमुक्ति सेना छाडेर केही समय पोखरा बसेका उनले गत असारमा धादिङ साँखुमा विवाह गरेका थिए । विवाहको एक हप्तापछि रोजगारीका लागि विदेशिएका भुजेलको आइतबार बिहान निधन भएको हो साझा पोष्ट डट कमले खबर लेखेको छ ।