
संकटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्लामध्ये उपत्यका बाहिरका ११ जिल्लामा प्रत्येकमा १/१ जना प्रहरी बरिष्ठ उपरीक्षकहरु खटाइएको हो ।
काज खटिने प्रहरी बरिष्ठ उपरीक्षकहरुमा काभ्रेपलान्चोकमा पिताम्बर अधिकारी, सिन्धुपाल्चोकमा सुदीप आचार्य, नुवाकोटमा सुबोध घिमिरे, रसुवामा सुरेशकुमार के.सी., धादिङमा रमेशप्रसाद खरेल, दोलखामा सुरेशविक्रम शाह, रामेछापमा बिष्णुहरि गौतम, गोरखामा बलराम शर्मा पौडेल, सिन्धुलीमा दिनेश अमात्य, ओखालढुंगामा रामप्रसाद श्रेष्ठ र मकवानपुरमा मनोज न्यौपाने रहेका छन् ।
यसैगरी काज खटिने प्रहरी नायव उपरीक्षकहरुमा काभ्रेपलान्चोकका ४ निर्वाचन क्षेत्रमा ४ जना, सिन्धुपाल्चोकका ३ निर्वाचन क्षेत्रमा ३ जना, नुवाकोटका ३ निर्वाचन क्षेत्रमा ३ जना, रसुवामा १ जना, धादिङका ३ निर्वाचन क्षेत्रमा ३ जना, दोलखाका २ निर्वाचन क्षेत्रमा २ जना, रामेछापका २ निर्वाचन क्षेत्रमा २ जना, गोरखाका ३ निर्वाचन क्षेत्रमा ३ जना, सिन्धुलीका ३ निर्वाचन क्षेत्रमा ३ जना, ओखालढुंगाका २ निर्वाचन क्षेत्रमा २ जना, मकवानपुरका ४ निर्वाचन क्षेत्रमा ४ जना, काठमाडौंका १० निर्वाचन क्षेत्रमा १० जना, भक्तपुरका २ निर्वाचन क्षेत्रमा २ जना र ललितपुरका ३ निर्वाचन क्षेत्रमा ३ जना रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।